२०८२ कार्तिक १४ गते शुक्रवार / Oct 31 , 2025 , Friday
२०८२ कार्तिक १४ गते शुक्रवार
Ads

अन्तरिम सरकार मुलुकलाई मुठभेडतिर लैजान उद्यत छः एमाले

shivam cement
२०८२ असोज २४ गते १८:५६
अन्तरिम सरकार मुलुकलाई मुठभेडतिर लैजान उद्यत छः एमाले

काठमाडौंः नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ ।

शुक्रवार गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकमा बोल्दै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले यस्तो बताएका हुन् । उनले यसको अविलम्व अन्त्य गरी सिंगो देशलाई एक ठाउँमा उभ्याउने वातावरण निर्माण हुनुपर्ने बताए । पार्टीले छिट्टै महाधिवेशन गरेर महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ दिने बताए । 

मुलुकलाई विभाजित भएको मनिस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नेगरी सबै राजनीतिक दलहरुसँग मिलेर एकसाथ अघि बढ्नुपर्ने भएपनि वर्तमान सरकारले त्यसो नगरेको उनको भनाइ छ । सरकार दलहरुबाट साथ लिने नभइ निषेधको बाटोमा गएको बताए । सरकारमा रहेका मानिसहरु र सरकार बनायौँ भन्नेहरु हिंसाको भाषा बोलिरहेको र राजनीतिक नेताहरुमाथि भौतिक आक्रमणको धम्की आइरहेको उनले बताए । 

प्रहरीलाई कुटीकुटी हत्या गर्ने र प्रहरीका हतियार लुट्नेहरुलाई गृहमन्त्रीको दबाबमा सहजै छोडिदिने र शान्तिपूर्ण ढंगले गतिविधि गर्न राजनीतिक पार्टीहरुलाई रोक लगाएकोप्रति एमाले गम्भीर रहेको उनको भनाइ छ । नेताहरुलाई स्थानहद तोक्ने कुरा पनि गलत भएको बताए । 

बैठक शनिवार बिहान ११ बजेबाट पुनः सुरु हुने जानकारी दिए । बैठकमा जेनजी आन्दोलनको पृष्ठभूमि, अन्तर्य र परिणामबारे सघन छलफल गरेको बताए। उनले वर्तमान सरकारले गरेका क्रियाकलापबारे पनि छलफल गरिएको बताए । शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गराएपछि यो घटना भएको उनले औंल्याए । 

ADV

ताजा खबर

सम्बन्धित खबर