२०८२ कार्तिक ११ गते मङ्गलवार / Oct 28 , 2025 , Tuesday
२०८२ कार्तिक ११ गते मङ्गलवार
Ads

संवादमा माओवादी–समाजवादी, एकताबाट टाढिए विप्लव

shivam cement
दिवाकर अधिकारी
२०८२ कार्तिक ११ गते ०६:२०
संवादमा माओवादी–समाजवादी, एकताबाट टाढिए विप्लव

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकताको संवादबाट टाढिएको छ । समाजवादी मोर्चामा रहेका दलहरूबीच एकताको प्रयास भइराखेका बेला विप्लव नेतृत्वको नेकपाले आफ्नै ढंगले संघर्षका कार्यक्रम अगाडि बढाएको छ । 

नेकपाले यही कात्तिक २० गते काठमाडौंमा बृहत् आमसभामा राखेको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विप्लवले स्वाधीनता र समाजवादका पक्षमा उभिन आह्वान नै गरेका छन् ।

नेपाललाई अरूले नभई आफैंले फेर्ने हो भन्दै उनले जब भ्रष्ट, कमिसनखोर, तस्कर समाप्त हुन्छन् तब देशले आत्मसम्मानसहित उन्नति हासिल गर्ने उनको भनाइ छ ।

‘नेपाललाई अरूले होइन हामी आफैंले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवी समाप्त हुनेछन् । देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ’ विप्लवले भनेका छन्, ‘स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौं साथीहरू ।’ नेकपाका

नेता भरत सी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग वैचारिक मतभेद कायमै रहेकाले एकताको संवादमा आफूहरू नरहेको बताउँछन् । 

नेता सीका अनुसार माओवादी र समाजवादी सुशीला कार्की नेतृत्वको सरकारको निरन्तरतामा चुनाव चाहिरहेका छन् । नेकपा भने सर्वपक्षीय सरकार भनिरहेको छ । सर्वपक्षीय सरकारपछि मात्रै चुनावको विश्वसनीय आधार बन्छ भन्ने मत राखिरहेको छ । यहाँनेर वैचारिक र राजनीतिक मतभेद देखिएको भन्दै नेता सीले यस्तो बताएका हुन् । 

तथापि विचार मिल्नेसँग एकता गर्ने विषयलाई पार्टीले बन्द नगरेको नेकपाका नेता बताउँछन् । तत्काललाई माओवादी केन्द्र र एकीकृत समाजवाद मिलून् भनेर शुभकामना दिएर आफूहरू पार्टी केन्द्रित गतिविधिमा लागेको नेता सीको उनको भनाइ छ । उनी भन्छन्, ‘माओवादी केन्द्र र समाजवादी चाहिँ एकतातिर जान खोजेको देखिन्छ । त्यो राम्रै हो शुभकामना दिएका हौं ।’

अर्थात् नेताहरूका अनुसार विप्लव नेतृत्वको नेकपा एकताको संवादबाट टाढिएको छ । समाजवादी मोर्चामा रहेका दलहरूबीच एकताको प्रयास भइराखेका बेला विप्लव नेतृत्वको पार्टी एकताको संवादबाट टाढिएको हो । एकता संवादबाट टाढिएर उसले आफ्नै ढंगले संघर्षका कार्यक्रम अगाडि बढाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise