२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

चुनाव मात्रैमा जेनजीले चित्त नबुझाउने

shivam cement
दिवाकर अधिकारी
२०८२ कार्तिक १३ गते ०६:२५
चुनाव मात्रैमा जेनजीले चित्त नबुझाउने

काठमाडौं : सरकार चुनावी वातावरण बनाउन प्रयासरत छ । तर जेजनीहरूले चुनाव मात्रैमा चित्त नबुझाउने जवाफ दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार राजनीतिक दलका प्रतिनिधि, जेनजीका प्रतिनिधि र सरकारका प्रतिनिधिको त्रिपक्षीय छलफल राखेकी थिइन् । छलफलमा राजनीतिक दलका तर्फबाट १६ जना, जेनजीका तर्फबाट १४ जना र सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल सहभागी थिए । जहाँ जेनजीले चुनावमार्फत मुलुकलाई अगाडि बढाउने सरकारको प्रयास सकारात्मक भए तापनि आफूहरू चुनाव हुने कुरामा मात्रै चित्त बुझाएर अगाडि बढ्न तयार नरहेको सन्देश दिएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा जेनजीका प्रतिनिधिहरूले आफ्ना मागहरू पूरा गर्न ध्यानाकर्षण गरे । आफूहरूलाई चुनाव चाहिएको भए पनि चुनाव मात्रै भएर नहुने जेनजी प्रतिनिधिहरूको चेतावनी छ । उनीहरूले भनेका छन्, ‘चुनाव चाहिएको छ । तर चुनाव भएर मात्रै हुँदैन । आन्दोलनको मुख्य माग सुशासन हो । यसमा सरकारले काम गर्नुपर्छ ।’ 

जेनजी आन्दोलनको मुख्य माग सुशासन र भ्रष्टाचार अन्त्य रहेको उल्लेख गर्दै उनीहरूले राजनीतिक दलका प्रतिनिधिसामु सरकारको ध्यानाकर्षण गरेका हुन् । 

बैठकमा जेनजीका तर्फबाट बोल्ने रक्षा बम, जेम्स कार्की, दिवाकर दंगाल, पुरुषोत्तम यादव, मिराज ढुंगाना, अमित खनाल, रिजन रानामगर, सामना घर्ती, मोनिका उपार्जुन चाम्लिङ, खेम साउँद बालुवाटार गएका थिए । 

शहीद परिवार प्रतिनिधिका रूपमा भोजविक्रम थापा, घाइते प्रतिनिधिका रूपमा अभिषेक श्रेष्ठका अलावा विवेक ढकाल र सागर ढकाल पनि बालुवाटारको छलफलमा उपस्थित थिए । 

छलफलको सुरुमै ओपनिङ स्पिच राखेकी प्रधानमन्त्री कार्कीले मुलुक आफूहरूले नै बनाउनुपर्ने बताइन् । ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो,’ उनले भनेकी छन्, ‘हामीले नबनाए कसैले बनाइदिँदैन ।’ 

राजनीतिक दल र जेनजी सम्मिलित बैठक एकपटक बसेर नहुने र पटकपटक बस्नुपर्ने पनि उनको आग्रह छ । सुरुवातमा आ–आफ्ना विचार राख्ने र छलफललाई निरन्तरता दिइने उनले बताइन् । 

जेनजीका कुरा सुनेरै अगाडि बढ्न सबै तयार हुनु पनि उनले बताएकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार जेनजीले पनि उस्तै कुरा दोहोर्‍याएका छन्, ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन । मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो । यी एजेन्डामा सरकार अगाडि बढ्नुपर्छ ।’ 

ADV

सम्बन्धित खबर

Advertise