२०८२ कार्तिक १४ गते शुक्रवार / Oct 31 , 2025 , Friday
२०८२ कार्तिक १४ गते शुक्रवार
Ads

सर्वदलीय बैठकमा ठुला दलका शीर्ष नेता छैनन् उपस्थित

shivam cement
२०८२ असोज २४ गते १८:२१
सर्वदलीय बैठकमा ठुला दलका शीर्ष नेता छैनन् उपस्थित

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बसेको सर्वदलीय बैठक जारी छ ।

शुक्रबार अपराह्न शीतल निवासमा बसेको सर्वदलीय बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे छलफल भएको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत संसद विघटन हुनुअघिको संसदमा प्रतनिधित्व गर्ने राजनीतिक दलहरुका दोस्रो तहका नेताहरु सहभागी छन् ।

नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायतका नेताहरु उपस्थित छन् ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको आग्रहमा राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

अन्तरिम सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको छ । तर नेकपा एमालेले संसद पुनः स्थापना गर्नुपर्ने माग राखेको छ भने नेपाली कांग्रेस पनि त्यसमा सहमत छ । बैठकमा राजनीतिक दलका शीर्ष नेताहरु भने उपस्थित छैनन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर