२०८२ कार्तिक १४ गते शुक्रवार / Oct 31 , 2025 , Friday
२०८२ कार्तिक १४ गते शुक्रवार
Ads

तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन आयोग क्रियाशील छः प्रमुख आयुक्त भण्डारी

shivam cement
२०८२ असोज २४ गते १४:४७
तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन आयोग क्रियाशील छः प्रमुख आयुक्त भण्डारी

काठमाडौंः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउन आफूहरु क्रियाशील रहेको बताएका छन्  ।

शुक्रवार निर्वाचन आयोगको कार्यालयमा पुगेका जेनजी अभियन्ताहरुसँगको भेटमा उनले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन आयोग चौविसै घण्टा क्रियाशील रहेको बताएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउनका लागि आयोगले राजनीतिक दलहरु, नागरिक अगुवा, बुद्धिजीवि, पत्रकार लगायतका सरोकारवाला पक्षसँग विभिन्न माध्यामबाट छलफल गरिरहेको दाबी समेत गरे।

उनले सुरुमा निर्वाचन व्यवस्थापनको काम आयोगले गरेको उल्लेख गर्दै हाल मतदाता नामावली संकलनको कामलाई आयोगले तिब्रताका साथ अघि बढाएको पनि जानकारी दिए । निर्वाचन सम्पन्न गराउनका लागि आफूहरुले मतदाता शिक्षा कार्यक्रमलाई पनि सचेतनापूर्वक अघि बढाएको प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो । 

कार्यबहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले अध्यादेशमार्फत बाधा अड्काउ फुकाउने काम गरेपछि निर्वाचनको तयारीको कामले तिब्रता पाएको पनि स्पष्ट पारे । उनले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पनि आयोग सचेत रहेको बताए । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर