२०८२ कार्तिक १४ गते शुक्रवार / Oct 31 , 2025 , Friday
२०८२ कार्तिक १४ गते शुक्रवार
Ads

प्रचण्ड भन्छन्- 'जनअसन्तुष्टिपछि पनि हिजो सत्तामा रहेका नेताहरूको अहंकार घटेन'

shivam cement
२०८२ असोज २४ गते १३:५८
प्रचण्ड भन्छन्- 'जनअसन्तुष्टिपछि पनि हिजो सत्तामा रहेका नेताहरूको अहंकार घटेन'

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले देखाएको जनअसन्तुष्टिपछि पनि हिजो सत्तामा रहेका नेताहरूको अहंकार नघटेकोमा दु:ख व्यक्त गरेका छन् । 

शुक्रबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलमा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै सत्ताको घमण्ड र आत्मरतिमा रमाउने प्रवृत्ति अझै कायम रहेको टिप्पणी गरे ।

“हिजो सत्तामा रहँदा जनताको भावनालाई बेवास्ता गरेर आफ्नै अहंकारमा रमाउने प्रवृत्ति अहिले पनि देखिन्छ । यो देशका लागि दुर्भाग्यपूर्ण छ,” प्रचण्डले भने । उनले विगतमा कांग्रेस र एमालेले सत्ताको दम्भ देखाउँदा नै अहिलेको परिस्थिति निम्तिएको र आफूहरूले बारम्बार खबरदारी गर्दा पनि सरकारले नसुनेको बताए ।

प्रचण्डले जेनजी आन्दोलनले संविधान संशोधनको आवश्यकतालाई झन् प्रष्ट पारेको उल्लेख गरे । “संविधान बनाउँदा नै हामीले १० वर्षपछि समीक्षा गर्ने भनेका थियौं । जेनजीको मागले यो आवश्यकता स्पष्ट भएको छ,” उनले भने । माओवादीले युवाहरूको मागप्रति समर्थन जनाउँदै त्यसलाई सम्बोधन गर्ने मार्गचित्र तय गरेको उनको भनाइ छ ।

आफू प्रधानमन्त्री हुँदा बिचौलियाहरूको प्रभावविरुद्ध लड्दा सरकार ढलेको उनले दाबी गरे । “मैले बिचौलियाको सेटिङ तोड्न खोजें, झुक्न मानिनँ । त्यही कारण मेरो सरकार ढल्यो,” उनले भने। साथै, उनले २४ भदौमा आफूले नेपाली सेनासँग सम्पर्क गरेको र सेनाले आफूलाई सम्पर्क नगरेको स्पष्ट पारे ।

चुनाव समयमै हुनुपर्नेमा जोड दिँदै प्रचण्डले पार्टी नेतृत्वबारे आफू लचिलो रहेको बताए । “म अध्यक्षमै रहिरहनुपर्छ भन्ने पक्षमा छैन । नयाँ भूमिकामा जान तयार छु, त्यसैले संयोजक बनेको हुँ,” उनले भने ।

ADV

ताजा खबर

सम्बन्धित खबर