२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

गीत : कति राम्री रहिछ्यौ तिमी...

Nada
टहल दाहाल
२०८२ असोज ११ गते ०६:०५
Shares
गीत : कति राम्री रहिछ्यौ तिमी...

कति राम्री रहिछ्यौ तिमी गुलाफको फूलजस्ती
समीपमा आउँदा खेरी पूर्णिमाको जूनजस्ती ।

ncell

रोएको छ तिम्रो हात नपाई माटो तिमी बिना
आफैँ अलमल भएझैँ छ बाटो तिमी बिना ।

गाउँ हुन्न गाउँ जस्तो, सहर हुन्न सहर जस्तो 
कहिल्यै हुन्न तिमी बिना यो घर पनि ‘घर’ जस्तो । 

तिमी भन्दा पर पर मेरो अर्को रहर छैन
तिमी भन्दा अरू सुन्दर मेरो अर्को सफर छैन ।

सपनाको स्वर्ग एउटा घुम्छ आँखा वरिपरि 
बनाउँला सुन्दर संसार हाम्रै मनको पाखा भरि ।

सम्बन्धित खबर