२०८२ असोज ८ गते बुधवार / Sep 24 , 2025 , Wednesday
२०८२ असोज ८ गते बुधवार
Ads

ह्याकरबाट सचेत रहन दूतावासको आग्रह

shivam cement
२०८२ असोज ८ गते ०६:२०
ह्याकरबाट सचेत रहन दूतावासको आग्रह

ओमान : ओमानको मस्कटस्थित नेपाली दूतावासले ठगी गर्न ह्याकरहरू सक्रिय रहेको भन्दै नेपाली कामदारहरूलाई सचेत गराएको छ । दूतावासका अनुसार एक जना नेपाली कर्मचारीलाई बैंकिङ फ्रड गर्ने ह्याकरले झुक्याउने उच्चतम प्रयास गरेपछि दूतावासले नेपालीलाई सतर्क रहन आग्रह गरेको जनाएको छ ।

दूतावासका अनुसार प्रहरी पोसाकमा रहेका ह्याकरले ‘तपाईंको कार्ड हराएको हो, चेक गर्नुहोस्’ भनेर दूतावासका कर्मचारीलाई छक्याएर ह्याक गर्ने प्रयास गरेको पाइएको छ ।

दूतावासका अर्का एक कर्मचारीलाई पनि यस्तै कल आएकाले ठगी गर्ने गिरोह सक्रिय रहेको दूतावासको भनाइ छ । त्यस्तै केही दिनअघि एउटा भिल्ला भाडाको बहानामा पनि ठगीको घटना भएको दूतावासले जनाएको छ । भिल्ला भाडाको क्रममा ठगले ६ महिनाको भाडा दिन जोड गरेका थिए । त्यसक्रममा ठगले बैनाका रूपमा २ सय रियाल ठगेको देखिएको दूतावासले जनाएको छ । दूतावासले भनेको छ, ‘ठगहरूबाट सबै जना सावधान रहन र यस्तै प्रकारका कुनै ठगीसम्बन्धी विषय भएमा दूतावास तथा रोयल ओमान प्रहरीलाई खबर गरिहाल्न अनुरोध छ ।’

त्यस्तै ठगले कहिले चिठ्ठा प¥यो भनेर त कहिले निःशुल्क तथा भारी छुट वा अविश्वसनीय अफरमा पनि झुक्याउने गरेको दूतावासले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise