२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

Nada
२०८१ साउन ३ गते १४:१३
Shares
भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले भिजिट भिसामा एकजना पीडितलाई कुवेत पुर्‍याइ मानव बेचबिखन गरेको अभियोगमा पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

ncell

पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, “बेचबिखन गरेको भन्ने पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बुधबार ललितपुर महानगरपालिका–२४ बाट निजलाई पक्राउ गरेको हो ।”

अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलब रु ४० हजारसम्म हुने काममा लगाइदिने प्रलोभन देखाई रु दुई लाख नगद लिइ दुबईमा अर्का अभियुक्तले भेट गरी आफू बस्ने कोठामा लगि बन्धक बनाएर घरेलु काममा लगाइ यौनशोषण गरी जबरजस्ती गर्भपतनसमेत गराएको पीडितको आरोप छ ।

यसैगरी, यूएईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ भनेर विसं २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याइ सो एजेन्टले अर्कोलाई जिम्मा लगाएको र निजले पीडितलाई बन्धक बनाइ श्रम र यौन शोषणसमेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रवक्ता कार्कीले बताए ।

पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा रु छ लाख ७५ हजार रकम बुझाउन भनेपछि आफन्तमार्फत उक्त रकम बुझाइ विसं २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका प्रहरीले जनाएको छ । 

पक्राउ परेका अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान शुरु गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर