२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

निःशुल्क आँखा शिविरमा १ हजार बढी लाभान्वित

shivam cement
धर्मेन्द्रकुमार कुर्मी
२०८२ भदौ ५ गते २०:५०
निःशुल्क आँखा शिविरमा १ हजार बढी लाभान्वित

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा दुई दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 

गाउँपालिकाको आयोजनामा र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा गरिएको आँखा शिविरबारे स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए ।

शिविरमार्फत जम्मा १ हजार ५५ जनाले सेवा लिएका छन् । बुधबार वडा नम्बर २ स्थित जनजागृति मावि लोह्रौलामा सञ्चालित शिविरबाट ४६७ जनाले सेवा लिएका थिए । जसमा १८२ जना पुरुष र २८५ जना महिला रहेका छन् । सो दिनको शिविरबाट ६० जना मोतिबिन्दुका बिरामी पहिचान गरिएको छ ।

त्यस्तै बिहीबार वडा नम्बर ७ त्रिनेत्र मावि मधुनगर–सोएनवर्षामा सञ्चालित शिविरमा ५८८ जनाले सेवा लिएका छन् । जसमा २३८ जना पुरुष र २५० जना महिला रहेका छन् । सो शिविरबाट ५२ जना मोतिबिन्दुका बिरामी भेटिएका छन् ।

मोतिबिन्दु भएका बिरामीलाई शल्यक्रियाका लागि आँखा अस्पताल बहादुरगञ्ज पठाइने आयोजकले जनाएको छ । शिविरमार्फत निःशुल्क चश्मा, औषधि वितरण गर्नुका साथै आवश्यक सल्लाह, सुझाव र परामर्श पनि प्रदान गरिएको हो ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आँखा सम्बन्धी समस्या पहिचान गर्नुका साथै समुदायलाई आँखा स्वास्थ्यबारे सचेत गराउने उद्देश्यले वर्षेनी यस्ता शिविर सञ्चालन गर्दै आएको बताए । 

उनले सबै क्षेत्रका मानिसहरूको उत्साहपूर्ण सहभागिता रहेको जनाउँदै स्थानीय स्वास्थ्यलाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाए ।

त्रिनेत्र मावि व्यवस्थापन समिति अध्यक्ष विजय कुमार चौधरीले गाउँघरमै निःशुल्क सेवा पाउँदा स्थानीय खुशी भएको बताए । आँखा जस्तो संवेदनशील विषयलाई ध्यानमा राख्दै निःशुल्क शिविरले विशेषगरी विपन्न तथा गरिब समुदायलाई लाभ पु¥याएको उल्लेख गर्दै उनले यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise