२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

संख्या सय समाधानका लागि एशोसिएसनको समिति

Nada
२०८१ साउन ३ गते ०६:४०
Shares
संख्या सय समाधानका लागि एशोसिएसनको समिति

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले संख्या सय समस्या तत्काल समाधानका लागि संस्थागत पहल गर्ने निर्णय गरेको छ । त्यसका लागि एशोसिएसनले वरिष्ठ उपाध्यक्ष बिनोदजंग केसीको संयोजकत्वमा महासचिव महेश कुमार बस्नेत सदस्य सचिव रहेकोे एक समिति गठन गरेकोे छ ।

ncell

समितिका सदस्यहरूमा कोषाध्यक्ष हिमा गुरूङ, रोशना निरौला, देउप्रसाद गौतम, कुवेरसिंह कोइराला (पंकज) र अमर प्रकाश तिवारी सदस्य रहेका छन् । महासचिव बस्नेतले राष्ट्रिय राजनीतिको परिवर्तित सन्दर्भमा नेपाली कांग्रेस तथा नवनियुक्त मन्त्रीहरूलाई इजाजत नवीकरणका लागि वार्षिक सय जना कामदार पठाउनुपर्ने बाध्यताले सिर्जना गरेकोे समस्या जानकारी गराइ समस्या समाधानका लागि आग्रह गरिने बताए ।

उनले सय संख्याको प्रावधानले ठूलो संख्यामा रहेका साना तथा मझौला व्यवसायीलाई मर्का परेको र सैद्धान्तिकरुपमा पनि अव्यवहारिक रहेकोे विषयसहित अन्य समसामयिक विषयमा पनि नवनियुक्त मन्त्रीहरूलाई जानकारी गराइ समस्या समाधानका लागि ध्यानाकर्षण गराउने बताए ।

ताजा खबर

सम्बन्धित खबर