काठमाडौं : सीके राउत संयोजकत्वको स्वतन्त्र मधेस गठबन्धन निर्वाचन आयोगमा दर्ता हुने भएको छ । परिषदको सिरहाको लाहनमा बसेको केन्द्रीय परिषद्को बैठकले जनमत पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।
परिषद बैठकले सीके राउतको अध्यक्षतामा ३५ सदस्यीय कार्यकारिणी समिति गठन गर्दै पार्टीको नाम र झण्डाको समेत टुंगो लगाएको हो । पार्टीको झन्डामा रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का बीचमा रातो रंगको अष्टदल राख्ने निर्णय पनि परिषदले गरेको छ ।
परिषदको बैठकले स्वतन्त्र मधेस गठबन्धन र नेपाल सरकारबीच भएको एघार बुँदे सहमति ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व उपलब्धि भनेको निस्कर्ष निकालेको छ । निर्वाचन आयोगमा दल दर्ता भएसँगै केन्द्रीय कार्यकारिणी समितिलाई विस्तार गरिने र केन्द्रीय समितिमा थप सदस्य मनोनीत गर्ने जिम्मेबारी सर्वसम्मतिले राष्ट्रिय अध्यक्ष राउतलाई दिएको छ ।
बैठकले ११–बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेस गठबन्धनका समर्थकमाथि लगाइएका मुद्दा फिर्ता लिन पहल गर्ने निर्णय पनि गरेको छ । सरकारसँग भएको सहमति कार्यान्वयनका लागि नेता चन्दन सिंहको संयोजकत्वमा तीन सदस्यीय सहमति कार्यान्वयन समिति पनि गठन गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies