२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

कतारमा सामाजिक सञ्जाल प्रयोगमा कडा कानुन

shivam cement
२०८२ साउन २१ गते ०६:२०
कतारमा सामाजिक सञ्जाल प्रयोगमा कडा कानुन

दोहा : कतारमा सार्वजनिक स्थानमा अनुमति नलिई अरुको फोटो वा भिडियो खिच्ने, अनुमतिबिना इन्टरनेट वा कुनै पनि डिजिटल माध्यमबाट सार्वजनिक गर्ने कामलाई गम्भीर अपराध मानिने भएको छ ।

कतारको न्याय मन्त्रालयले यसै वर्षको अगस्ट ४ मा प्रकाशित गरेको ‘अधिकारिक गजेट’ अनुसार, साइबर अपराधसम्बन्धी पुरानो कानुनमा संशोधन गर्दै नयाँ व्यवस्था गरिएको हो । संशोधित कानुनअनुसार सार्वजनिक स्थलमा व्यक्तिहरूको गोपनीयता उल्लंघन गर्दै अनुमतिबिना फोटो वा भिडियो खिचे र तिनीहरूलाई इन्टरनेट वा सामाजिक सञ्जालमा पोस्ट गरे एक लाख कतारी रियल जरिमाना र एक वर्षसम्म जेल सजाय वा दुवै सजाय हुनेछ । 

व्यक्तिको व्यक्तिगत गोपनीयताको संरक्षणका लागि यो कानुन कडाइका साथ लागू गर्ने कतार सरकारले बताएको छ । नयाँ कानुन आएपछि टिकटक बनाउँदा, भिडियो कल गर्दा वा सार्वजनिक ठाउँमा कुनै पनि व्यक्ति देखिनेगरी भिडियो खिच्दा सावधानी अपनाउन नसकेको अवस्थामा ठुलो रकम जरिमाना र कैद हुने देखिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise