२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

अमेरिकी बजारमा ‘याला हिमालयन डग चियु’को धमाका, नेपाली छुर्पीलाई अन्तर्राष्ट्रिय सफलता

Nada
२०८२ असार २० गते २१:५६
Shares
अमेरिकी बजारमा ‘याला हिमालयन डग चियु’को धमाका, नेपाली छुर्पीलाई अन्तर्राष्ट्रिय सफलता

काठमाडौं : नेपाली युवाहरूले उत्पादन गरेको छुर्पीले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता पाएको छ । काठमाडौं उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग चियु’ नामक नयाँ पहिचानसहित अमेरिकी बजारमा एक महिनामै लोकप्रियता पाएको हो । 

ncell

ललितपुरको चापागाउँमा तीन वर्षअघि विकास तिम्सिना, विश्वबन्धु शर्मा र मनोज हुमागाईँको नेतृत्वमा स्थापना गरिएको याला हिमालयन कम्पनीले हालै अमेरिकामा निर्यात सुरू गरेको छुर्पीले उच्च माग पाउन थालेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुमागाईँका अनुसार अमेरिकामा एमेजनमार्फत पहिलो चरणमा ५,१०० प्याकेज छुर्पी बिक्री गरिएको छ । ग्राहकको सकारात्मक प्रतिक्रियासँगै माग एक महिनामै तीनगुणा बढेको उनले जानकारी दिए ।

No description available.

ब्रान्डिङ, प्याकेजिङ र रणनीतिले दिलायो सफलता

‘याला हिमालयन’ ब्रान्डको सुरुवाती मोडललाई परिमार्जन गर्दै कम्पनीले नयाँ नाम ‘याला हिमालयन डग चियु’ अन्तर्गत प्याकेजिङ र खुद्रा बिक्री सुरू गरेको हो । उपभोक्तालाई आकर्षित गर्न ‘एक किन्दा एक निःशुल्क’ अफरसहित, उक्त छुर्पी अमेरिकी बजारमा तीन फरक मूल्य (९, १२, १३ अमेरिकी डलर) मा उपलब्ध छ ।

अमेरिकामा उत्साहजनक सुरुवातपछि कम्पनीले आगामी ६ महिनाभित्र क्यानाडा र जापानजस्ता विकसित मुलुकमा उत्पादन विस्तार गर्ने योजना बनाएको छ । निर्देशक शर्माले भने, ‘यो केवल सुरुवात हो, हामी नेपालका मौलिक उत्पादनलाई विश्वस्तरमा स्थापित गर्ने लक्ष्यमा छौं ।’

No description available.

नेपाली किसानसँग प्रत्यक्ष सहकार्य

‘याला हिमालयन डग चियु’ ब्रान्ड अन्तर्गतको छुर्पी उत्पादन किसानसँग सिधा सहकार्यमा आधारित आपूर्ति प्रणालीबाट सञ्चालित छ । कम्पनीले देशभरका ८ वटा स्थानीय उत्पादन संस्थासँग सहकार्य गरी गाउँघरबाट दूध संकलन गर्छ र चापागाउँस्थित अत्याधुनिक उत्पादन केन्द्रमा प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्छ । कम्पनीका अनुसार, यो केवल व्यवसायिक प्रयास नभइ स्थानीय किसानको जीवनस्तर उकास्ने, दिगो उत्पादन प्रणाली प्रवद्र्धन गर्ने, र नेपालको मौलिकता संरक्षण गर्ने अभियान पनि हो । हाल ललितपुरस्थित याला हिमालयनको म्यानुफ्याक्चरिङ फ्यासिलिटीमा ३०–४० जना दक्ष जनशक्ति कार्यरत छन् । उनीहरूले कच्चा दूधको संकलनदेखि तयार छुर्पीको प्याकेजिङ र ढुवानीसम्म सम्पूर्ण प्रक्रिया इन हाउस सञ्चालन गर्छन् । 

No description available.

विश्व बजारमा नेपाली छुर्पीको पहिचान

सन् २०३५ सम्म डग चियुको मागमा वार्षिक ८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । याला हिमालयनले अहिलेको गुणस्तर, वितरण र ब्रान्डिङ कायम राख्न सकेमा यसले नेपाली पहिचानलाई विश्वबजारमा मजबुत बनाउने अपेक्षा गरिएको छ । 

कृषि, पशुपालन र निर्यातलाई समायोजन गरी सञ्चालित यो परियोजना नेपालमा नयाँ सम्भावनाको ढोका खोल्ने नमूनाको रूपमा अघि बढिरहेको छ ।

नेपाली किसानको परिश्रम, युवाको सोच र प्रविधिको संयोजनले उत्पादित छुर्पी आज विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनेको छ ।

‘याला हिमालयन डग चियु’ को सफलताले नेपाली उत्पादन, विशेषतः ग्रामीण स्रोत र सीपमा आधारित वस्तु, अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सकिन्छ भन्ने विश्वास समेत दिलाएको छ ।

No description available.

No description available.

No description available.

सम्बन्धित खबर