२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

आइएमई लाइफद्वारा एभरेष्ट क्लब विजेता सम्मानित

shivam cement
मध्यान्ह
२०८२ असार २० गते २०:३६
आइएमई लाइफद्वारा एभरेष्ट क्लब विजेता सम्मानित

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एभरेष्ट क्लब विजेतालाई सम्मानित गरेको छ । कम्पनीले आर्थिक वर्ष ०८१/०८२ का लागि ल्याएको क्लब योजनामध्येको सर्वोच्च क्लब ‘एभरेष्ट क्लब’ मा पुग्न सफल भएकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेलाई सम्मान गरेको हो । 

घिमिरेले पहिलो पटक उक्त क्लबको लक्ष्य पूरा गरेकी थिइन् । सो अवसरमा केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्मान गरिएको थियो । आफ्ना अभिकर्ताहरूलाइ प्रेरणा तथा हौसल्ला प्रदान गर्ने उद्देश्यले उक्त सम्मान गरिएको कम्पनीले जनाएको छ । 

सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन, विभागीय प्रमुखहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले यो सम्मान केवल ‘एभरेष्ट क्लब’ मात्र नभइ जीवन बीमा व्यवसायमा निष्ठा, लक्ष्यप्रति प्रतिबद्धता र कठिन परिश्रमको सम्मान रहेको बताएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise