२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमएडब्लूले बालकुमारी र बसुन्धरामा ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

Nada
२०८२ असार २० गते २०:३७
Shares
एमएडब्लूले बालकुमारी र बसुन्धरामा ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

काठमाडौं : एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा विद्युतीय सवारी साधनको सर्भिस सेन्टर सञ्चालन गर्ने भएको छ । कम्पनीले ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले दुई वटा अत्याधुनिक, विद्युतीय सवारी साधनमा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्न लागेको जनाएको हो ।

ncell

रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञ स्तरको सेवाप्रदान गर्ने लक्ष्य राखेको छ । यी सुविधाहरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि मात्र उपलब्ध हुने जनाइएको छ ।

एक्स्पर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी डेडिकेटेड सर्भिस वर्कशप हुनेछन् । यस विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ । यी नयाँ सर्भिस सेन्टरहरू आगामी ३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ ।

सम्बन्धित खबर