२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

एभरेष्ट बैंकको १३३ औं बर्दिबासमा खुल्यो

shivam cement
मध्यान्ह
२०८२ असार १९ गते २१:३०
एभरेष्ट बैंकको १३३ औं बर्दिबासमा खुल्यो

काठमाडौं : एभरेष्ट बैंकले मधेश प्रदेशको महोत्तरी बर्दिबास नगरपालिका–१ मा १३३औं शाखा विस्तार गरेको छ । शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । यस शाखाको उद्घाटनसँगै महोत्तरीबासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिन सक्ने बैंकले जनाएको छ । 

बर्दिबास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबाट संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बर्दिबास नगरपालिका–१ का वडा अध्यक्ष भोला खड्का, बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्का,बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख पुष्पराज उप्रेती, बैंकका कर्मचारीहरु लगायत स्थानीयवासीको समेत उपस्थिती रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise