२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

एनआईसी र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी सम्झौता

shivam cement
मध्यान्ह
२०८२ असार २० गते २०:३५
एनआईसी र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी सम्झौता

काठमाडौं : अब अलिपे प्लस नेटवर्क प्रयोग गर्ने विदेशी पर्यटकहरूले नेपालमा सिधै नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन् । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच यस सम्बन्धी सम्झौता सम्पन्न भएपछि यस्तो सुविधा सम्भव भएको हो ।

शुक्रबार सम्पन्न सम्झौतापछि चिनियाँ डिजिटल भुक्तानी प्लेटफर्म अलिपे प्लसमा आबद्ध ११ भन्दा बढी मुलुकका नागरिकहरूले नेपाल आएपछि एनआईसी एशिया बैंकका नेपाल पे क्यूआर मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्ने जनाइएको छ । सम्झौतापत्रमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । 

अलिपे प्लस नेटवर्कमा चीन, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी, मंगोलिया र फिलिपिन्सलगायत देशका बैंक तथा भुक्तानी सेवा प्रदायकहरू आबद्ध छन् । यो सम्झौताले नेपालको अन्तरदेशीय क्यूआर भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्नुका साथै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको भुक्तानी प्रक्रिया सरल, सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise