२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

मन्जुश्री फाइनान्सद्वारा आँखा अस्पताललाई एसी सहयोग

shivam cement
मध्यान्ह
२०८२ असार २० गते २०:३४
मन्जुश्री फाइनान्सद्वारा आँखा अस्पताललाई एसी सहयोग

काठमाडौं : मन्जुश्री फाइनान्स लिमिटेडले अस्पताललाई एसी सहयोग गरेको छ । फाइनान्सले आफ्नो वीरगंज शाखामार्फत् आरएम केडिया आँखा अस्पताल, वीरगञ्जलाई दुई थान एसी सहयोग गरेको हो ।

विगत ५ दशकदेखि सर्वसाधारणलाई सेवा पुर्‍याउँदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ । सुरुवातमा ५ ओटा बेडबाट सुरु भएको अस्पताल हाल १७५ बेड मार्फत् बिरामीहरूलाई सेवा पुर्‍याउँदै आइरहेको छ । 

प्रतिक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्येनजर राख्दै मन्जुश्री फाइनान्सले आरएम केडिया अस्पताललाई एसी सहयोग गरेको जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise