२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

'हवाई सेवा देशको कूटनीति र देशको छवि हो'

shivam cement
मध्यान्ह
२०८२ असार २० गते ११:५५
'हवाई सेवा देशको कूटनीति र देशको छवि हो'

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले हवाई सेवा देशको कूटनीति र देशको छवि भएको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भइरहेको छ । जसबारे बोल्दै सांसद किराँतीले नेपाल नागरिक उड्डयनलाई प्रभावकारी सेवा र विकासको लागि विधेयक धेरै महत्वपूर्ण रहेको बताए ।

नेपाल कालोसूचीबाट नहट्दा नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय स्तरमा सन्देश गइरहेको बतए । 

उनले भने, ‘हवाई सेवा देशको कुटनीति र देशको छवि हो । अब यो प्रभावकारी सेवा र विकासको लागि यो अति नै आवश्यक नै विधेयक हो । तर हामीले १२ वर्ष बढी बिताइसक्यौं, यो विधेयक टुंगिएको छैन । कालोसूचीमा नेपाल परेको छ, युरोपियन युनियनको । यसलाई प्रत्यक्ष प्रभाव पर्नेगरी नेपाल वायुसेवा निगमलाई मात्रै हो । अरुसँग त जहाज छैन । अरु विदेशी जहाज त रोकेको पनि छैन । नेपाल ध्वजावाहकलाई मात्रै रोकेको हो । हिमालयनसँग त्यो जहाज छैन । यति ठूलो यसले क्षति गरिरहेको छ । नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय सन्देश गइरहेको छ ।’ 

सांसद किराँतीले विधेयकलाई हतार गर्ने नाममा त्रुटिपूर्ण बनउन नहुने बताए ।

ADV

सम्बन्धित खबर

Advertise