२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Nada
२०८१ चैत ७ गते १६:१६
Shares
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

संखुवासभाः कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका–९ बस्ने ५१ वर्षीय चतुरमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको  छ । 

ncell

भोजपुर घर भएका ३६ वर्षीय पर्शुराम विकको २०६१ चैत २२ गते हत्या गरेको घटनामा जिल्ला अदालत संखुवासभाको २०६७ कात्तिक १७ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भइ फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनलाई चैनपुर नगरपालिका–९ खाम्लिङबाट पक्राउ गरेको हो । 

उनलाई जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ । 
 
 

सम्बन्धित खबर