२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

विराटनगरमा इस्कोनको दोस्रो रथयात्रा हुँदै

Nada
२०८१ फागुन ५ गते २१:१०
Shares
विराटनगरमा इस्कोनको दोस्रो रथयात्रा हुँदै

बिराटनगर : नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) ले आउँदो बुधबार विराटनगरमा जगन्नाथ रथयात्रा निकाल्ने भएको छ ।   

ncell

नेपाली सनातन संस्कृतिको जर्गेना तथा नेपालीको सुख शान्तिको लागि आयोजना गर्न लागिएको उक्त रथयात्रा भगवान श्रीश्रीश्री जगन्नाथ बलदेव सुभद्रा महारानीजीलाई दीप अर्पण तथा रथको डोरी तानेर रथयात्राको सुरुवात गरिने भएको हो । 

विराटनगरमा निकाल्न लागिएको रथयात्रा धरानबाट ल्याउन लागिएको हो । यो दोस्रो रथयात्रा हो । यसअघि पहिलो पटक इस्कोनले गत वर्षको फागुन ७ गते विराटनगरमा पहिलो रथ यात्रा निकालेका थियो । 

सोमबार विराटगनरमा आयोजित पत्रकार सम्मेलनमा  इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीले दोस्रो जगन्नाथ रथयात्रामा ३ हजार ५ सय भन्दा बढी सनातन धर्मावलम्बीहरूको सहभागिता रहने जानकारी दिए ।

उनका अनुसार इस्कोन नेपालको मार्ग निर्देशक महाविष्णु स्वामी महाराजको उपस्थितिमा आयोजना गर्न लागिएको रथयात्रामा भारत, थाइल्यान्ड, रुससहित विश्वका १० देशका ४० जनाभन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ । 

कोशी प्रदेशका सभामुख अम्मरबहादुर बिष्टसहित सनातन हिन्दु धर्मसँग आस्था राख्ने विभिन्न राजनीतिक दलका नेता र सांसदहरूको रथयात्रामा सहभागिता रहने छ ।

ताजा खबर

सम्बन्धित खबर