२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ

Nada
२०८१ माघ २५ गते १६:४४
Shares
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा सुर्खेत गुर्भाकोट नगरपालिका–२ घर भइ काठमाडौं तार्केश्वर नगरपालिका नेपालटार बस्ने ३६ वर्षीय रमेश कुमार डिसी, रोल्पा गंगादेव गाउँपालिका–५ घर भइ काठमाडौं महानगरपालिका–३१ बस्ने ४१ वर्षीय जै बहादुर वली र मकवानपुर थाहा नगरपालिका–२ घर भइ काठमाडौं महानगरपालिका–२६ बस्ने ३८ वर्षीय रविन कार्की रहेका छन् । 

पक्राउ मध्ये रमेशले सिंगापुर पठाइदिछु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, जै बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र रविनले स्लोभाकिया पठाइदिन्छु ‍भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं महानगरपालिका–९ बाट र जै बहादुरलाई काठमाडौं महानगरपालिका–३१ बाट बिहीबार तथा रविनलाई काठमाडौं महानगरपालिका२६ बाट बुधबार पक्राउ गरेको हो । 

पक्राउ मध्ये रमेश र जै बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा रविनलाई प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर