२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

सुनचाँदी पसल चोरी गर्ने योजना बनाएका ४ जना व्यक्ति पक्राउ 

Nada
२०८१ माघ २४ गते १२:१२
Shares
सुनचाँदी पसल चोरी गर्ने योजना बनाएका ४ जना व्यक्ति पक्राउ 

सिरहाः लहान बजारमा रहेको विकाश ट्रेडर्स (सुनचाँदी व्यवसायी) मा चोरी गर्ने योजना बनाएका ४ जना व्यक्तिलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

ncell

लहान नगरपालिका वडा नम्बर ७ बस्ने विकास कुमार शारदाको जाहेरीमा सुखिपुर नगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी ४५ वर्षका इन्दल भन्ने इन्द्र नारायण चौधरी लहान नगरपालिका वडा नम्बर २२ बस्ने वर्ष ३१ को भैरव भन्ने देव कुमार मुखिया र भारत पश्चिम बंगालका निरोज भन्ने मेहराज मोन्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

उनीहरुले लहान नगरपालिका वडा नम्बर ७ लहान बजार स्थितमा विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी) मा डाँका गर्ने योजना बनाएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानको कमाण्डमा विशेष प्रहरी टोलीले पक्राउ गरेको थियो । यस घटनामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।  
 

ताजा खबर

सम्बन्धित खबर