२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

माओवादीद्वारा कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध

Nada
कुलेन्द्र शाही
२०८१ माघ १३ गते १६:०५
Shares
माओवादीद्वारा कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध

सुर्खेत : नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । आइतबार बसेको बैठकमा वार्षिक दश हजारलाई रोजगारी दिने कार्यक्रम सरकारले अलपत्र पारेको भन्दै माओवादीले संसद अवरुद्ध गरेको हो ।

ncell

बैठक कार्यसूचीमा प्रवेश नगर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका जनतालाई राजगोरी दिनेगरी अघि सारिएको कार्यक्रम कार्यान्वयनमा सरकार जिम्मेवार नभएको भन्दै विरोध जनाएपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ ।

वार्षिक दश हजारलाई रोजगारी दिनेगरी अघि सारिएको कार्यक्रम अघि नबढेसम्म संसद चल्न नदिने माओवादीको चेतावनी छ । माओवादीको अवरोधपछि उपसभामुख यसोदाकुमारी न्यौपानेले आधा घण्टाका लागि बैठक स्थगित गरेकी छन् । अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर