२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

भूकम्पको डिटेल एसेसमेन्ट विपद् राष्ट्रिय परिषद्को बैठकमा प्रस्तुत गरिने

Nada
२०८१ पुष २१ गते १५:०२
Shares
भूकम्पको डिटेल एसेसमेन्ट विपद् राष्ट्रिय परिषद्को बैठकमा प्रस्तुत गरिने

काठमाडौंः गृहमन्त्री रमेश लेखकले जाजरकोटमा गएको भूकम्पले गरेको हानी नोक्सानीका बारेमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २८औँ बैठकमा छलफल गरिएको बताएका छन् ।

ncell

समितिको २८औँ बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लेखकले भूकम्पले क्षति पुर्‍याएको ठाउँमा पूनर्निर्माण गर्नको लागि आवश्यक कानुनी र आर्थिक विषयमा बैठकमा छलफल भएको बताएका हुन् ।

उनले भने, ‘आज साझ ७ बजे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सम्मानीय प्रधानमन्त्रीको अध्यक्षतामा बालुवाटारमा बस्छ । तर आज (आइतबार) खास  गरेर डोटी, बझाङमा भूकम्प गएको त्यसपछि जाजरकोटको भूकम्पले गरेको हानी, नोक्सानी र पछिल्लो पटक बाढी पहिरोका कारणले भएको विपद्का बारेमा जहाँ डिडिए गर्नुपर्ने हो त्यो काम प्रारम्भ गर्ने, जुन ठाउँमा डिडिएको काम भइसकेको छ त्यहाँ पूर्ननिर्माणको काम प्रारम्भ गर्ने गरेर मापदण्ड केही समय अगाडि मन्त्रिपरिषद्बाट पारित भइसकेको छ । त्यस सम्बन्धि कार्यविधि पनि पारित गरेका छौं । अब जाजरकोट भूकम्पको डिडिए गर्ने काम र डिटेल एसेसमेन्ट गर्ने काम र डिडिए भइसकेको ठाउँमा पुनर्निर्माणका काम प्रारम्भ गर्नको लागि आवश्यक कानुनी र आर्थिक विषयमा आज निर्णय गरेका छौं । यहीँ कुरा विपद् राष्ट्रिय परिषद्को बैठकमा प्रस्तुत गर्छौं र राष्ट्रिय परिषद्को बैठकले निर्णय गरिसके पछाडि काम प्रारम्भ गर्छौं ।’

साथै उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा यस विषयमा छलफल हुने बताए । उनले जाजरकोट भूकम्पको डिडिए गर्ने काम र  डिटेल एसेसमेन्ट गर्ने काम साथै डिडिए भइसकेको ठाउँमा पुनर्निर्माणको काम प्रारम्भ गर्नको लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय गरेको बताए ।
 

ताजा खबर

सम्बन्धित खबर