२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

Nada
२०८३ असोज ४ गते १२:२५
Shares
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ : राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ ।

ncell

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोको अनुरोधमा उनलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार दाहालविरुद्ध साइबर ब्युरोले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्युरोलाई जिम्मा लगाउने तयारी गरिएको छ ।

एक कार्यक्रमका सिलसिलामा मोरङ पुगेका दाहाललाई प्रहरीले बेलबारीबाट नियन्त्रणमा लिएको हो ।

सम्बन्धित खबर