२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

Nada
२०८३ असोज ३ गते १२:३१
Shares
टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

काठमाडौँ : नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।

ncell

संविधान सभाबाट ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरणमा हरेक वर्ष ३ असोजमा संविधान दिवस मनाउने गरिन्छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, प्रतिनिधिसभाका सभामुख डीपी अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

मूल समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले मार्चपास, झाँकी र सांस्कृतिक प्रस्तुति गरेका छन् । कार्यक्रममा संविधानको महत्त्व, राष्ट्रिय एकता र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणसँग सम्बन्धित सन्देश प्रस्तुत गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर