२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

छोराको हत्या अभियोगमा बुबा पक्राउ

Nada
२०८१ पुष २१ गते १२:४८
Shares
छोराको हत्या अभियोगमा बुबा पक्राउ

सिन्धुलीः आफ्नै छोरा ४९ वर्षीय माइला भन्ने लिला बहादुर पुर्कोटी सार्कीको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडा बस्ने ७६ वर्षीय डोमान सिंह सार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

ncell

डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा लिला बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

गम्भीर घाइते भएका लिला बहादुरको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर