२०८२ कार्तिक ८ गते शनिवार / Oct 25 , 2025 , Saturday
२०८२ कार्तिक ८ गते शनिवार
Ads

छोराको हत्या अभियोगमा बुबा पक्राउ

shivam cement
मध्यान्ह
२०८१ पुष २१ गते १२:४८
छोराको हत्या अभियोगमा बुबा पक्राउ

सिन्धुलीः आफ्नै छोरा ४९ वर्षीय माइला भन्ने लिला बहादुर पुर्कोटी सार्कीको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडा बस्ने ७६ वर्षीय डोमान सिंह सार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा लिला बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

गम्भीर घाइते भएका लिला बहादुरको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise