२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

निजामती विधेयकभित्र ट्रेड युनियनको विषय सामान्य हो : बर्तौला

Nada
२०८१ पुष २१ गते ११:४९
Shares
निजामती विधेयकभित्र ट्रेड युनियनको विषय सामान्य हो : बर्तौला

काठमाडौंः नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकमा ट्रेड युनियनको विषय ठूलो विषय नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यति सानो विषयलाई ठूलो बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास ट्रेड युनियनका नेताहरुबाट भएको भन्दै आक्रोश व्यक्त गरे । 

ncell

उनले भने, ‘संघीय निजामती विधेयकभित्रको ट्रेड युनियनको विषय भनेको निकै सानो विषय हो । तर यसलाई सबैभन्दा ठूलो विषय बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास अहिलेका ट्रेड युनियनका साथीहरुले गरिरहनु भएको छ । यो ठिक भएन् । ट्रेड युनियनको कानुन र अधिकारको कुरालाई यति धेरै बलशाली तरिकाले उठाउनुपर्ने अवस्था थिएन । यो विषय सांसदहरुको तर्फबाट उठेको होइन, ट्रेड युनियनको आन्दोलनमा लागेका साथीहरुका तर्फबाट बढी उठेको हो यसरी उठ्नुपर्ने कुनै आधार देख्दिन् ।’

यसको साथै उनले संसदमा वा संसदीय समितिमा सांसदहरुले उठाएका विषयमा अदालतले पनि प्रश्न उठाउन नमिल्ने भन्दै ठूलो ट्रेड युनियनको रुपमा रहेको युनियनका अध्यक्षले धम्कीपूर्ण रुपमा विज्ञप्ति निकाल्नु गलत भएको बताए । उनले भने, ‘संसदमा वा संसदीय समितिमा सांसदहरुले उठाएका विषय अदालतको पनि मसला बन्न सक्दैन । अदालतमा पनि प्रश्न उठाउन पाइदैन। तर बोलेर बाहिर नआउदै मिडियाको हेडलाइनलाई आधार बनाएर नेपालको सबैभन्दा ठूलो ट्रेड युनियनको रुपमा रहेको युनियनको अध्यक्षले हस्ताक्षर गरेर जे विज्ञप्ति निकाल्नुभयो त्यो धम्कीपूर्ण रुपमा थियो । त्यो गलत कुरा हो । सांसदले बोलेको कुरालाई केन्द्रीत गरेर विज्ञाप्ति निकाल्ने र चेतावनी दिने कुरा बेठिक हो ।’

सरकारले महत्व दिएर अगाडि बढाएको विधेयकमाथि यस्तो प्रश्न उठ्नु राम्रो नभएको भन्दै राम्रो काम गर्न खोज्दा पनि गलत भएको उनको भनाइ छ । सरकारको नेतृत्व गरिरहेको एमाले, सत्तारुढ कांग्रेस, प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र मधेस केन्द्रित राजनीतिक दलका भातृ संगठनका रुपमा रहेका कर्मचारी ट्रेड युनियनका अध्यक्षहरूले शुक्रबार विज्ञप्ति जारी गरेर संसदीय समितिमा धारणा राख्ने दलका प्रमुख सचेतक र सचेतकहरूलाई चेतावनी दिएका थिए ।
 

ताजा खबर

सम्बन्धित खबर