२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

एमाले केन्द्रीय परिषद् सदस्य पाेख्रेलकाे निधनप्रति श्रद्धाञ्जली व्यक्त

मध्यान्ह
२०८१ कार्तिक २५ गते २०:०७
एमाले केन्द्रीय परिषद् सदस्य पाेख्रेलकाे निधनप्रति श्रद्धाञ्जली व्यक्त

दाङ : लुम्बिनी प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा भाैतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवीप्रसाद पाेख्रेलकाे निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पाेख्रेल परिवारकाे निवास घाेराही उपमहानगरपालिका-१५ मा पुगेर मन्त्री ढकालले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन तथा समाज रुपान्तरणमा अतुलनीय भूमिका निर्वाह गरेकाे स्मरण गर्दै उनले पुर्‍याएको याेगदानकाे सधैं स्मरण गरिने  मन्त्री ढकालले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरेका छन् । मन्त्री ढकालसँगै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले समेत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पार्टी महासचिव शंकर पाेख्रेलका दाजु पाेख्रेलकाे कात्तिक २३ गते ७४ वर्षकाे उमेरमा निधन भएको थियाे ।

ADV

सम्बन्धित खबर