२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

मानव तस्करको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

मध्यान्ह
२०८१ कार्तिक २५ गते १२:३४
मानव तस्करको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

काठमाडौँ : कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई विराटनगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो । 

नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा नियन्त्रणमा लिइएको हो  ।

उनलाई विराटनगरबाट काठमाडौँ ल्याइँदै छ । नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको अनुसन्धानबाट खुलेको छ ।
 

ADV

सम्बन्धित खबर