२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै डलर मजबुत, घट्यो सुनको मूल्य

मध्यान्ह
२०८१ कार्तिक २२ गते १२:०२
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै डलर मजबुत, घट्यो सुनको मूल्य

काठमाडौंः संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा छ भने बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८८ पैसा थियो । 

डलरको मूल्य बढेपछि अन्तर्राट्रिय बजारसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा भारी गिरावट आएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३.२ प्रतिशतले घटेको छ भने नेपाली बजारमा तोलामा चार हजारले घटेको छ । याेसँगै आज  अन्तर्राट्रिय बजारमा सुनकाे मूल्य प्रतिऔंस दुई हजार छ सय ५७ अमेरिकी डलर रहेकाे छ ।

नेपाली बजारमा भने बुधबार प्रतितोला एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा एक लाख ६४ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला दुई हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५५ रुपैयाँले घटेर एक हजार नौ सय ६० रुपैयाँ कायम भएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर