२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

दराजको ११.११ अभियानमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

मध्यान्ह
२०८१ कार्तिक २० गते २१:२२
दराजको ११.११ अभियानमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौं : सिटिजन्स बैंकका ग्राहकले दराज अनलाइनमा सामग्री खरिद गर्दा छुट पाउने भएका छन् । बैंक अनलाइन बजार दराज केयमुबीच छुट सम्बन्धी सम्झौता भएसँगै बैंकका ग्राहकहरुले ११.११ अभियानमा छुट पाउने भएका हुन् ।

सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरूले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट पाउनेछन् । 

त्यस्तै, बैंककाअनुसार क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । माथि उल्लिखित पूर्व भुक्तानी छुटहरु अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुने छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर