२०८२ भदौ २८ गते शनिवार / Sep 13 , 2025 , Saturday
२०८२ भदौ २८ गते शनिवार
Ads

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

shivam cement
मध्यान्ह
२०८१ कार्तिक १४ गते १४:४७
तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौंः तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, ‘दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise