काठमाडौंः साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आएको छ । आज शेयर बजार ९ दशलमव १९ अंकले घटेर २,६१७ को विन्दुमा कायम भएको छ । आज ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर छ ।
बजार घट्दा नेपाल एसबिआई बैंकको मूल्य अधिक घटेको छ । यस कम्पनीको मूल्य आज ६ दशलमव ७९ प्रतिशतले घटेको हो । आजको बजारमा सबैभन्दा धेरै शेयर मूल्य भने एलआइसी नेपाल, रिभर फल्स पावर र माइखोला हाइड्रोकोबढेको छ । आज यी ३ कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो ।
समूहगत रुपमा बैंकिङ समूहको मूल्य सबैभन्दा धेरै अर्थात् १.३० प्रतिशत घटेको छ । साथै विकास बैंकको मूल्य ०.५१, लगानी ०.१७, उत्पादन ०.९१, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.४४ तथा अन्य समूहको मूल्य ०.३२ प्रतिशतले घटेको छ । आज जीवन बीमा समूह १.१५, फाइनान्स १.११, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर ०.४७ र व्यापारको मूल्य ०.२० प्रतिशतले बढ्यो ।
यस्तै, आज ३२० कम्पनीको एक करोड १३ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच हुँदा चार अर्ब ७३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइसीएफसीको कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै नेपाल एसबिआई बैंकको २१ करोड ६३ लाख रुपैयाँ र सीएचडिसीको १८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।