२०८२ जेठ ९ गते शुक्रवार / May 23 , 2025 , Friday
२०८२ जेठ ९ गते शुक्रवार
Ads

गौशालाको धर्मशालामा काठमाडौँ महानगरले राख्यो बोर्ड

मध्यान्ह
२०८१ असोज २३ गते १६:२६
गौशालाको धर्मशालामा काठमाडौँ महानगरले राख्यो बोर्ड

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ । मारवाडी सेवा समितिको बोर्ड हटाएर काठमाडौँ महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ ।

पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ । 

मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको हो ।

‘काठमाडौँ महानगरपालिकाद्धारा सञ्चालित गौशाला धर्मशाला’ उल्लेख गरेको ब्यानर टाँग्न लाग्दा मारवाडी सेवा समितिका सदस्यहरूबीच र महानगर प्रहरीबीच घम्साघम्सी भएको थियो ।

महानगरपालिकाले आज पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो ।

ADV

सम्बन्धित खबर