२०८२ जेठ ९ गते शुक्रवार / May 23 , 2025 , Friday
२०८२ जेठ ९ गते शुक्रवार
Ads

एक बोतल पानी सय रुपैयाँमा बेच्दा....

मध्यान्ह
२०८१ असोज २३ गते ११:०८
एक बोतल पानी सय रुपैयाँमा बेच्दा....

कास्कीः तोकिएको अधिकतम खुद्रा मूल्य रु. २० को पानीको बोतल एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई दुई लाख जरिवाना गरेको छ । 

पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । सोही स्थानका एक ग्राहकले रु. २० पर्ने एक बोतल मिनरल वाटर एक सय तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए ।

स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ । 

ADV

सम्बन्धित खबर