२०८२ जेठ ९ गते शुक्रवार / May 23 , 2025 , Friday
२०८२ जेठ ९ गते शुक्रवार
Ads

पुण्य गौतममाथि आक्रमण, टाउको र निधारमा चोट 

मध्यान्ह
२०८१ असोज २२ गते १५:०५
पुण्य गौतममाथि आक्रमण, टाउको र निधारमा चोट 

काठमाडौं : अभियन्ता पुण्य गौतममाथि आक्रमण भएको छ । सोमबार राति गोकर्णेश्वर नगरपालिका–८ बेसिगाउँस्थित बाटोमा उनीमाथि आक्रमण भएको हो ।

आफू बस्ने घर अगाडि हिँड्दै गर्दा ४६ वर्षीय गौतममाथि आक्रमण भएको हो । धारिलो हतियार प्रहारबाट गौतमको टाउकाको पछाडितर्फको भाग र निधारमाथि गहिरो चोट लागेको छ ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहेका गौतमको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान अघि बढाएको छ ।

ADV

सम्बन्धित खबर