२०८२ जेठ ९ गते शुक्रवार / May 23 , 2025 , Friday
२०८२ जेठ ९ गते शुक्रवार
Ads

बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए

मध्यान्ह
२०८१ असोज २० गते ११:२९
बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए

काभ्रेपलाञ्चोक : हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छभने ७५ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी पाँच जना बेपत्ता छन् । हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । पनौती नगरपालिकामा आठ महिलासहित १८ जनाले ज्यान गुमाएका छन् । तेमाल गाउँपालिकामा आठ महिला, तीन पुरुष र एक बालक, रोशी गाउँपालिकामा छ महिला, दुई पुरुष, एक बालक र तीन बालिका, बेथानचोकमा आठ पुरुष, तीन महिला र एक बालक, मण्डनदेउपुरमा तीन महिलासहित सात जनाको मृत्यु भएको छ । 

यसैबीच, हराएकाहरूको खोजी तथा प्रभावित परिवारलाई राहत रामग्री वितरण  जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर