२०८२ जेठ ९ गते शुक्रवार / May 23 , 2025 , Friday
२०८२ जेठ ९ गते शुक्रवार
Ads

प्रधानमन्त्री ओलीसँग बंगलादेशकी मन्त्री हसनको भेट

मध्यान्ह
२०८१ असोज १७ गते १३:१२
प्रधानमन्त्री ओलीसँग बंगलादेशकी मन्त्री हसनको भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेका बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए ।

ADV

सम्बन्धित खबर