२०८३ कार्तिक २४ गते मङ्गलवार / Nov 10 , 2026 , Tuesday
२०८३ कार्तिक २४ गते मङ्गलवार

वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

Nada
२०८१ असोज १७ गते ११:२३
Shares
वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

बनियानीः अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा पाँच करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

झापा गाउँपालिका ४० दशमलव पाँच हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा रु. ४८ लाख, गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा एक करोड ७७ लाख ९२ हजार तीन सय, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा रु. १९ लाख २६ हजार, गौरादहमा धानबाली र बाली गरेर एक करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा गरी एक करोड ७५ लाख ७३ हजार छ सय बराबरको क्षति भएको छ ।

‘हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ’, उनले भने, ‘विवरण सङ्कलन जारी छ’, केन्द्रका प्रमुख सागर विष्टले भने ।

laxmi recruitement

सम्बन्धित खबर