२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

ज्योति विकास बैंकका ग्राहकले जंगल भिल्ला रिसोर्टमा छुट पाउने

shivam cement
मध्यान्ह
२०८१ असोज १६ गते २१:२६
ज्योति विकास बैंकका ग्राहकले जंगल भिल्ला रिसोर्टमा छुट पाउने

काठमाडौं : ज्योति विकास बैंक र चितवनस्थित जंगल भिल्ला रिसोर्टबीच सम्झौता भएको छ । भिल्लामा बैंकका ग्राहकहरुलाई १५ प्रतिशतसम्मको छुट पाइने छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले उक्त रिसोर्टमा खाना, वेभरेज तथा रुम चार्जमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरुसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरुलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले कमलपोखरीस्थित प्रख्यात अचार घर, दरबारमार्गस्थित महोत्सव रेष्टुरेन्ट एण्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार तथा कमलादीस्थित क्याफे लायन हर्ट तन्दुरी किचेनमा बैंकका ग्राहकहरुले १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता समेत गरेको जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise