२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

मध्यान्ह
२०८१ असोज १६ गते १७:३३
अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

काठमाडौं : अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

यादवले समितिमा आजै आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनले समितिमा पेस गरेको कार्ययोजानमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी नेपाल र अष्ट्रेलियाबीचको बहुपक्षीय सम्बन्ध सुदृढ एव विस्तृत बनाउन कटिबद्ध रहने उल्लेख गरेकी छन् । 

ADV

सम्बन्धित खबर