२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

प्रधान सेनापतिसँग चीनका राजदूतको भेट

मध्यान्ह
२०८१ असोज १३ गते १८:०२
प्रधान सेनापतिसँग चीनका राजदूतको भेट

काठमाडौंः प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ ।

जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको समेत जनाइएको छ ।

ADV

सम्बन्धित खबर