२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

गोपाल नीना फाउण्डेसनबाट बृहत् रक्तदान, १० महिलासहित ५७ जनाले दिए रगत

मध्यान्ह
२०८१ असोज १२ गते २२:२०
गोपाल नीना फाउण्डेसनबाट बृहत् रक्तदान, १० महिलासहित ५७ जनाले दिए रगत

नेपालगन्ज : गोपाल–नीना फाउण्डेशन, नेपालगन्जद्वारा ‘बृहत्त रक्तदान कार्यक्रम’को आयोजना गरिएको छ । 

बाँके जिल्लामा अहिले रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै ‘रक्तदान गरौं : जीवन उपहार दिउँ’भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको र १० जना महिलासहित ५७ जनाले रक्तदान गरेको गोपाल–नीना फाउण्डेशनकी सहनिर्देशक डा. तृप्ती पाल रमणले जानकारी दिइन् । 

फाउण्डेसनका संस्थापक अध्यक्ष डा.गौरव श्रेष्ठका अनुसार उक्त कार्यक्रममा सहभागी हुने रक्तदाताहरुमध्ये अधिकाँश स्वास्थ्यकर्मी, चिकित्सक, फाउण्डेसनका कर्मचारी, औषधी वितरक प्रतिनिधि तथा अन्य स्वास्थ्य संस्थाहरुमा कार्यरत कार्यकर्ता लगायत ५७ जनाले रक्तदान गरेका हुन् । गोपाल–नीना फाउण्डेशन, नेपालगन्जका अभिभावक सुप्रसिद्ध वरिष्ठ फिजिसियन डा. गोपाल श्रेष्ठ र सुप्रसिद्ध वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नीना श्रेष्ठले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिकलाई रगत संकलन गर्ने पाकेट हस्तारण गरी शुभारम्भ गरिएको उक्त रक्तदानका कार्यक्रममा अजिकल वि.क, प्र्रमोद कुमार थारु, इन्द्रजित भट्टराई, दिपक कुमार खडका, वरिष्ठ अधिवक्ता लोक बहादुर शाह, वरिष्ठ फिजिसियन डा. राजन पाण्डे, दिलिप गिरी, विपुल वर्मा, हर्क सिंह साउद, मोहन बिक, पुष्पा शाह, वीरेन्द्र शाह, सरत ठकुरानी, विनय कुमार, प्रदीप रायले रक्तदान गरेका थिए । 

यस्तै फाउण्डेसनका कार्यालय प्रमुख दिलिप गिरी, विपुल वर्मा,चेतराम ओझा, रमेश थारु, राजकुमार चौधरी, प्रकाश कलौनी, राहुल कुमार  वर्मा, विष्णु श्रेष्ठ, आकाश बोहरा, सगुन कुमार गुप्ता, दीप चौधरी, गौरव पाठक, शान्ति बिक, अनिरुद्ध कुमार काँदू, भगवती घिमिरे, विष्णु घिमिरे, सन्तोषी गिरी, कमन थापा, विधान जोशी, ओपीराज थारु, सञ्जित कुमार साह, पवित्रा थापा, वर्षा अधिकारी, पंकज आले, प्रितम साह, शिवम् गुप्ता, अर्जुन धामी, लोक नाथ शर्मा, इमेश श्रेष्ठ, कमलेश कर्ण, बिमु अधिकारी, सरिता भण्डारी, डा. आलिया गुफरान, डा. सविन श्रेष्ठ, झपेन्द्र बहादुर शाह, विक्रम चन्द्रवंशी, प्रभा पोखरेल, ईश्वर खडका, डा. चन्दन कुमार साह, डा.चन्दन कुमार सिंह, सरोज चौधरी, डा.नैमुद्दीन अन्सारी, रञ्जन ढुंगाना, सुवोध जोशीले उत्साहका साथ रक्तदान गरेका थिए । सो अवसरमा फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले प्राविधिक सहयोग गर्ने प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्ज, समन्वयकारी भूमिका निर्वाह गर्ने हेल्थ याद आयो, औषधी वितरक प्रतिनिधि, औषधि व्यवसायीहरु तथा रक्तदाताहरुलाई प्रशंसा पत्र र टिसर्ट प्रदान गरेका थिए । सो रक्तदान कार्यक्रममा डा. विनोद कुमार थापा, डा. कल्पना थापा, डा. रोमन किदवाई, समाजसेवी सेमराज शाक्य, जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुके, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल लगायत करिब एक सय जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सुनिल थापामगर, सन्दिप आचार्य, हिमाँशु मौर्या, शिवराज शाही, वीरेन्द्र योगी, निखिल जायसवाल, फाउण्डेसनका स्वयम्सेवीहरु लगायतले सक्रिय सहयोग गरेका थिए । 

विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरु आयोजना गर्दै आएको गैर नाफामूलक संस्था गोपाल नीना फाउण्डेसनले दुई साता अघि मात्र राष्ट्रिय बाल दिवसको अवसरमा स्थानीय नील सागर वृद्ध आश्रममा निःशुल्क स्वास्थ्य शिविर, बालबालिकालाई मसलन्द वितरण तथा आश्रितहरुका लागि दिवा भोजन उपलब्ध गराएको थियो । 

उक्त कार्यक्रमका लागि सूचना प्रविधिको माध्यमबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गरेका हेल्थ याद आयोका प्रमुख प्रज्वल चुकेका अनुसार उक्त वृहद् रक्तदान कार्यक्रममा स्वयम्सेवी रक्तदाताहरुलाई थप प्रोत्सादन गर्नका लागि रक्तदान गर्ने सहभागीहरुलाई मोवाइल एपको माध्यमबाट विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेल्थ याद आयोको तर्फबाट २ महिला र २ पुरुषलाई एक हजार पाँच सय बराबरको हेल्थ प्याकेज, जसमा निःशुल्क डाक्टर परामर्श तथा निःशुल्क रगत संकलन गर्ने विधि पनि समावेश गरिएको उपहार गोला प्रथाबाट निःशुल्क उपलब्ध गराइएको थियो । 

गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले दिएकी जानकारी अनुसार उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन विगत १९ वर्षदेखि निरन्तर त्रैमासिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको जनमत अद्र्ध साप्ताहिक लगायत अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयंसेवी रक्तदाता समाज, बाँके, हेल्थ याद आयो (मोवाइल हेल्थ एप), सवारी साधन सेवा प्रदायक कम्पनी पठाओले समन्वय र सहकार्य गरेको थियो । 

कार्यक्रमपछि गोला प्रथाबाट उक्त उपहार पाउने महिला रक्तदातामा प्रभा पोखरेल र सरिता भण्डारी तथा पुरुष रक्तदातामा प्रितम शाह र शिवम् गुप्ता छन् । उपहार विजेताहरुलाई फाउण्डेसनले आफ्नै कार्यालयमा बोलाएर हस्तान्तरण गरिने जानकारी गोपाल नीना फाउण्डेसनका कार्यालय प्रमुख दिलिप गिरीले दिए । 

ADV

सम्बन्धित खबर