२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

विपद्‍मा परी ६६ जनाको मृत्यु, ६९ जना बेपत्ता

मध्यान्ह
२०८१ असोज १२ गते १९:०४
विपद्‍मा परी ६६ जनाको मृत्यु, ६९ जना बेपत्ता

काठमाडौं : पछिल्लो २४ घण्टामा भएको लगातारको वर्षा र बाढीले ठुलो जनधनको क्षति गरेको छ । बाढी र पहिरोको प्रकोपबाट कोशी, बागमती र मधेस प्रदेशमा गरी अहिलेसम्म कूल ६६ जनाले ज्यान गुमाएका छन्, ६० जना घाइते भएका छन् भने ६९ जना अझै बेपत्ता भएका छन् । सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा भएको छ । 

शनिबार गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव ऋषिराम तिवारीले पत्रकार सम्मेलनमार्फत विभिन्न स्थानमा भएको क्षतिको विस्तृत जानकारी गराएका छन् । 

बाढी पहिरोबाट काठमाडौं उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । उपत्यकाभित्र काठमाडौंमा ९ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् भने उपत्यकामा कूल ११ जना घाइते भएका छन् । उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशमा २३ जनाको मृत्यु भएको छ, जहाँ ३५ जना घाइते र ४० जना बेपत्ता भएका छन् । 

कोशी प्रदेशमा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते र ८ जना बेपत्ता भएका छन् । मधेश प्रदेशमा पनि १ जनाको मृत्यु, २ जना घाइते र ४ जना बेपत्ता भएका छन् । 

ADV

सम्बन्धित खबर