२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

काठमाडौंका अधिकांश क्षेत्र डुबानमा, हेर्नुहोस् तस्बिरहरु

मध्यान्ह
२०८१ असोज १२ गते ११:३०
काठमाडौंका अधिकांश क्षेत्र डुबानमा, हेर्नुहोस् तस्बिरहरु

काठमाडौंः काठमाडौं उपत्यकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकास्थित नदी आसपासका सडक तथा केही मुख्य सडकखण्डमा सवारी आवागमन समेत प्रभावित भएको छ । साथै कीर्तिपुरको भाजङ्गल क्षेत्रबाट चोभार जाने बाटोमा पहिरो खसेको छ ।


यस्तै काठमाडौंको तीनकुने, गैरीगाउँ, युएनपुल, टेकुस्थित विष्णुमती करिडोर, माइतीघर नयाँबाटो, ग्वार्को–इमाडोल सडक, परोपकार, सानेपा, कालोपुल, बल्खुपुललगायत सडकमा सवारी आवागमन प्रभावित भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 
साथै पहिराका कारण विभिन्न नाका हुँदै काठमाडौं भित्रने र बाहिरने सवारीसाधन पनि चल्न सकेका छैनन् । नागढुङ्गा–नौबिसे, फर्पिङ, भीमढुङ्गा, धर्मस्थली–तीनपिप्ले र कान्ति लोकपथ अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । 

पानीको बहाव बढेकाले बनेपा बजार हुँदै चल्ने सवारीसाधन पनि रोकिएका छन् । निरन्तर वर्षा भइरहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई अनुरोधसमेत गरेको छ ।

ADV

सम्बन्धित खबर