२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

आध्यात्मिक गुरु पुरस्कृत

मध्यान्ह
२०८१ असोज ११ गते २१:४६
आध्यात्मिक गुरु पुरस्कृत

काभ्रे : आध्यात्मिक गुरु अच्युतप्रसाद पौडेल चिन्तन हालै शब्दयात्रा अक्षरधाम काभ्रेबाट सम्मानित एवम् पुरस्कृत भएका छन् । 

लामो समयदेखि आध्यात्मिक साधना, साहित्य र सञ्चार कर्ममा लागि रहेका ज्यो, पं, लेखक एवं स्तम्भकार, विश्लेषक, धार्मिक गुरु पौडेललाई भोजपुर, दिँग्लाका बालगुरु षडानन्दका नाममा स्थापित आध्यामिक साधनाबाट सो संस्थाले सम्मान एवं पुरस्कृत गरेको हो । 

पुरस्कारको राशी सुदर्शन आचार्यबाट स्थापना भएको हो भने दीर्घ साधनारत व्यक्तित्वहरुलाई हरेक वर्ष शब्दयात्रा प्रकाशनले यस्तै विभिन्न सम्मान एवं पुरस्कार अर्पण गर्ने गरेको छ ।

यसैबीच काठमाडौंस्थित नोवल साकोस संस्थाबाट समेत पौडेल सम्मानित भएका छन् । नोवल अध्यात्म साधना पुरस्कार एवं सम्मान कार्यक्रम हालै बानेश्वरको रत्नराज्य लक्ष्मी स्कूलमा सम्पन्न भएको संस्थाकी अध्यक्ष सरस्वती गौतमले जानकारी दिएकी छन् । 

यस्तै काठमाडौं क्षेत्र नं ३ का बौद्धिक व्यक्तित्वहरुलाई जोरपाटीमा एक समारोहकाबीचसम्मान गरिएको छ । सो अवसरमा पौडेललाई समेत सम्मान गरिएको सामाजिक सरोकार समूह, संस्थाका डा.सुन्दर सिंह बोहराले जानकारी दिए । 

ADV

सम्बन्धित खबर