२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

बाढीपहिरोको जोखिम : तीन स्थानीय तहका विद्यालय बन्द 

मध्यान्ह
२०८१ असोज ११ गते १४:०३
बाढीपहिरोको जोखिम : तीन स्थानीय तहका विद्यालय बन्द 

पाँचथर : अविरल वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि पाँचथरका तीन वटा स्थानीय तहका विद्यालय बन्द भएका छन् । 

तुम्बेवा, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाले शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेका थिए । निरन्तरको झरीसँगै ठाउँ–ठाउँमा बाढी र पहिरोको जोखिम बढेको भन्दै पालिकाहरूले विद्यालयमा बिदा दिने निर्णय गरेपछि पालिकाका विद्यालय बन्द भएका हुन् । 

फालेलुङ गाउँपालिकाले पनि आ–आफ्नो अनुकूलता हेरेर विद्यालयमा बिदा दिन भनेको छ । बाढीपहिरोको जोखिम रहेका विद्यालयहरूले स्थानीय बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय लिन भनिएको पालिकाको शिक्षा शाखाले जनाएको छ ।

ADV

सम्बन्धित खबर